radio icon

Live Radio

एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा भारतसंग नेपाल पराजित

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको उद्घाटन खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो । किर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १४१ रनको लक्ष्य भारतले १५ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

भारतको जितमा गौरब विश्वनाथले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रशुराम देशाईले १९ रन जोड्दा निकुलले १६ तथा सौरभ मलिकले १४ रन बनाए ।  नेपालका विपिन पौडेल, राजु कटवाल, यम बहादुर श्रेष्ठ र डम्बर मगरले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विपिन पौडेलले अविजित ३३ तथा रमेश खत्रीले १५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार