radio icon

Live Radio

डिभिजन वन कार्यालय हैटौंडाका प्रमुखसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, हेटौंडाका तत्कालीन डिभिजन वन अधिकृत प्रल्हादप्रसाद धितालसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालय समेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४.४९ हजार क्यू.फिट काठ कटानी गरी २० लाख भन्दा बढी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

सालका रुखहरू मूल्यवान हुने भएकोले साल जातको मात्र छपान तथा कटान गरिएको, वनको व्यवस्थापनका लागि ढलापडा सबै जातका रुखहरूमा छपान नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

क्षेत्रीय वन निर्देशनालय, हेटौंडा र डिभिजन वन कार्यालय, हेटौंडाबाट संयुक्त गरेको भएता पनि खटिएका कर्मचारीहरूले न्यूनतम प्रक्रिया समेत पूरा नगरेको आरोपपत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार