radio icon

Live Radio

उद्योगमन्त्री यादव र कर्मचारी नेताबीच मन्त्रालयमै कुटाकुट

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ । मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको हो । मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो ।

मन्त्रालयका सहसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गर्नुभएको थियो । तर उहाँको ठाउँमा विनोद खड्कालाई पठाइएको थियो । घुस लिएर खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेर भनाभन सुरु भएपछि दुबैपक्षबीच कुटाकुट भएको हो ।

मन्त्रीको सचिवालयका स्वकीय सचिव प्रेम आचार्यको कार्यकक्षमा नै कुटाकुट भएको हो । कर्मचारी नेताको समूहले स्वकीय सचिव आचार्यले घुस लिएर खड्कालाई विभागमा पठाएको आरोप लगाएको छ । मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार