radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

यार्साको अवैध चोरी रोक्न सुरक्षाकर्मी र स्थानीय युवाद्धारा पाटनमै गस्ती

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाले डोल्पामा सामूहिक गस्ती सुरु गर्न थालेका छन् ।
बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु गरिएको हो ।

पाटनमा हुने अवैध तस्करी रोक्नका लागि जिल्लाका विभिन्न यार्सागुम्बा पाटनमा ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ । निकुञ्जभित्र पर्ने यार्सा पाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएकोछ ।

जेठ १३ मा मात्रै यार्सागुम्बा सङ्कलनका लागि यार्सा पाटन खुल्ला गर्ने निर्णय भएकाले यसअघि अवैधरुपमा पाटन छिर्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार