radio icon

Live Radio

तल्लो तहको एकताबारे नेकपाका शीर्ष नेताहरुको फरक फरक मत

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


पार्टीको तल्लो तहको एकताको बाँकी कामलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले फरफरक मत राखेका छन् ।
पूर्व एमालेको भातृ संगठन युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आज राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा नेताहरुले फरकफरक धारणा राखेका हुन् ।

पार्टी सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेले पार्टीको वर्तमान अवस्थाबारे गुमाउरो हिसावमा असन्तुष्टी पोख्दै नेकपा स्थापनाका दिवसका दिन अध्यक्षको मुखबाट युवा सघ नेपाल र वाईसियलको एकता घोषणा भएको सुन्न चाहेको बताउनुभयो ।

तर महासचिव विष्णु पौडेलले भने वर्तमान सरकारले हरेक क्षेत्रमा विकासको काम अघि बढाएको र पार्टीलाई चुस्त बनाउन पनि पहल गरेको बताउनुभयो । पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले भने तीन गते नभई जेठ महिनाभरीमा एकता टुंगियो भने पनि खुसी नै मान्नु पर्ने भन्दै त्यसअघिका वक्ताहरुलाई व्यंग्य गर्नुभएको थियो ।

पार्टीको एकता प्रक्रियामा कहिले सार्वजनिक त कहिले आन्तरिकरुपमा असन्तुष्टी जनाउँदै आएका वरिष्ठ नेता माधव कुमारले भने सैद्धान्तिक भाषणमा समय खर्च गर्नुभएको थियो।

यता, पूर्व एमाले र माओवादीका भातृसगठनका नेताहरूले वर्तमान सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले नेकपा नेतृत्वसमक्ष गुनासो गरेका छन्।

पूर्व एमालेको भातृसगठन युवा सघ नेपालका अध्यक्ष रमेश पौडेलले केपी ओली नेतृत्वको सरकारको कामको बचाउको प्रयास गरेपनि पूर्व माओवादीको भातृसगठन वाइसीएलका नेताहरूले घुमाउरो हिसावले कम्युनिस्ट नेताहरु सत्तामा गएपछि स्वार्थमा डुबुल्की मार्ने र जनतालाई नहेर्ने प्रवृत्ति भएको आरोप लागेको भन्दै त्यस्तो नहोस् भन्नेमा सचेत गराए।

युवा सघ नेपालका अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारले भ्रस्टाचार नियन्त्रण गर्न नसकेको आरोप लागिरहेका बेला अहिले भ्रस्टाचार व्याप्त भएको र त्यसको अन्त्यका लागि अभियान चलाउनु पर्ने बताउनुभयो । युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा वाइसीएल नेपालका अध्यक्ष दिप शिखले बढ्दो कालोबजारी र भ्रष्टाचारलाई लिएर नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।

पार्टीका एक अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई इंगित गर्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । तर ओली विदेश भ्रमणमा रहेकाले अनुपस्थित हुनुहुन्थ्यो । यस्तै वाइसीएलका उपाध्यक्ष किरण पौडेलले युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले नेपाललाई अविकसित बनाइराख्न अहिले पनि षड्यन्त्र भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार