radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरू आन्दोलित

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै देशभरका पत्रकारहरू हातमा कालोपट्टी बाँधेर काम गरिराखेका छन्।
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलनअनुसार हातमा कालोपट्टी बाँधेर पत्रकारहरू आज काम गरिराखेका हुन्।

सरकारले गत बिहीबार सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना अनुसार नभएको तथा सरोकारवाला पक्षसँग छलफल र सहमति वेगर नै ल्याइएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन् ।
विधेयकमा कसैको मानमर्दन हुने गरी पत्रकारले समाचार लेखेमा १० लाखसम्म क्षतिपुर्ति भराउन सकिने उल्लेख भएकोमा पत्रकारहरुले त्यो सच्याउन विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्।

महासंघ र प्रेस युनियनले विधेयक फिर्ता लिन पहल गरिदिन सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटेर ज्ञापन पत्र बुझाइसकेका छन्। प्रेस युनियनले देशभरका शाखालाई पत्राचार गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सहभागी हुने कार्यक्रम बहिष्कार गर्नसमेत निर्देशन दिएको छ।

यसैबिच, राष्ट्रिय मानव अधिकार आयोगले संसदमा दर्ता गरिएको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता अनुरुप बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले विज्ञप्ति जारी गरी विधेयकका हालका प्रावधानप्रति आपत्ति जनाउँदै नियमनको नाममा नियन्त्रण गर्नु मानव अधिकारको मूल्य मान्यता विपरित हुने उल्लेख गरेको छ ।  सरोकारवालासगको परामर्श तथा छलफलबाट परिमार्जन गरी नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने वातावरण सृजना हुन नदिन आयोगले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार