radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

उत्तर कोरियाली अवैध गतिविधि रोक्न अमेरिकाले नेपालको ध्यानाकर्षण गरायो

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


नेपालमा उत्तरकोरियाको अवैध गतिविधि बढेको भन्दै यसलाई तत्काल रोक्न अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जले बुधबार गृहमन्त्री रामबहादुर थापासँग भेटगरी उत्तरकोरियाली अवैध गतिविधि रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेवले उत्तरकोरियाली अवैध गतिविधिबारे प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको समेत ध्यानाकर्षण गराउँदा पनि नेपालमा उत्तरकोरियाली अवैध गतिविधी नरोकिएकोमा अमेरिकी उपसहायक मन्त्री रेन्जले चासो राख्नु भएको हो ।

यस अघि नेपालस्थित अमेरिकी दूतावासले उत्तरकोरियामाथिको नाकाबन्दी कार्यान्वयन गर्न र नेपालमा अवैध गतिविधी हुन नदिन दुईपटक परराष्ट्र मन्त्रालयमा औपचारिक पत्राचार समेत गरेको थियो । पत्रका उत्तर कोरियाले नेपालबाट गरिरहेको अवैध गतिविधीको सूची र त्यसमा संलग्न व्यक्तिहरुको नामावलीसमेत रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार