radio icon

Live Radio

उत्तर कोरियामा गम्भीर खडेरीका कारण १ करोड सर्वसाधारण खाद्य संकटमा

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


उत्तर कोरियामा गम्भीर खडेरीका कारण १ करोड सर्वसाधारण खाद्य संकटमा परेका छन् । पछिल्लो ३७ वर्षकै गम्भीर संकट देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

कोरियाली नागरिक प्रतिदिन ३ सय ग्राम खाना खाएर बाँचीरहेको प्रतिवेदनमा उल्लेख छ । खडेरीसँगै आधुनिक कृषि प्रविधिको अभावका कारण समेत कृषि उत्पादनमा असर परेको हो

यद्यपि, उत्तर कोरियाका तथ्यांक यकिन हुन नसकेकाले वास्तविक अवस्थाको आंकलन गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रसंघको प्रतिवेदनलाई आधार मान्ने हो भने उत्तर कोरियामा १५ लाख टन खाद्यान्नको अभाव छ ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले पछिल्लो ५ महिनामा ५४ दशमलभ ४ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ । जुन सन् १९८२ यताकै कम हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार