radio icon

Live Radio

एभरेष्ट म्याराथन जेठ १५ गते हुने

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते हुने भएको छ । आयोजक हिमालय एक्सपीडी सन्सले आज पत्रकार सम्मेलन गर्दै १६ औं संस्करणको एभरेष्ट म्याराथन जेठ १५ गते हुने जानकारी गराएको हो ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट हुने एभरेष्ट म्याराथनमा स्वदेशी र विदेशीगरी २ सय बढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ ।

नाम्चे बजारमा आएर समापन हुने म्याराथनमा तीन स्पर्धाको दौड हुनेछ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२.१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथनमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

फुल म्याराथनमा महिला, पुरुष र विदेशी विधा समावेश गरिएको छ । प्रतियोगितामा नेपालबाहेक ३१ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार