radio icon

Live Radio

नेपालमा लगानीको वातावरण बनिसकेको अर्थमन्त्री खतिवडाको भनाई

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनिसकेको बताउनुभएको छ । त्यसका लागि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र एकद्वार प्रणाली कार्यान्वयनमा आएको उहाँको भनाई छ ।

आज काठमाडौं आयोजित दुईदिने नेपाल–भारत लगानी सम्मेलनमा उहाँले लगानीका लागि आह्वान गर्नुभयो ।  पर्यटन वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा उनले सेवा क्षेत्रसहित उद्योगमा लगानीका लागि सम्भावना रहेको बताउनुभयो ।

लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको भन्दै उहाँले ५ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने र यसले लगानीकर्तालाई सहज हुने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ विमानस्थलसहित विभिन्न १० ओटा पाँचतारे होटल निर्माण भइरहेको भन्दै लगानीका लागि नेपाल आकर्षक गन्तव्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार