radio icon

Live Radio

माथिल्लो त्रिशूली ’थ्री ए’ आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थाल्यो

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


काठमाडौँ । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली ’थ्री ए’ आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थालेको छ । कूल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज बिहान स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गर्नुभएको हो । आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ ।

९ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवाद लगायतका कारणले ढिला भएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ ।

भोली साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ ।  त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताउनुभया

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार