radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

ब्यबस्था परिबर्तन ले मात्र देश नबन्ने रहेछ: यदुराम सापकोटा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६


यदुराम सापकोटा,
ब्यबस्था परिबर्तन को लागि मात्र ७ दशक गुमाएको नेपाललाई,अर्को ब्यबस्थामा पुग्न या पुरानो ब्यबस्थामा फर्कन अरु समय गुमाउनु आवाश्यक छ?
नेपाल एउटा त्यस्तो देश हो जुन देशमा ब्यबस्था परिवर्तन का लागि मात्र ७ दशक गुज्रेको छ,पहिलो र दोस्रो बिश्वका बिकसित राष्टहरुले ब्यबस्था परिबर्तनका लागि यती लामो समय गुजारेका छैनन तर हाम्रो देशले गुजार्यो।७ दशकमा नेपालले धेरै ब्यबस्थाहरु परिबर्तन गर्यो,राणा शासन फाल्यो,पञ्चायत फाल्यो,राजतन्त्र फाल्यो,राजतन्त्र फालेर आएको गणतान्त्रिक ब्यबस्था र गणतान्त्रिक संविधान अन्तर्गत सँघियता,धर्मनिरपेक्षता,समाबेशिता लगायत ब्यबस्था पनि यही ब्यबस्था भित्र अटाउन सक्यो।ब्यबस्था परिबर्तन भएको भयै भो,कांग्रेस नेत्रित्वको जनक्रान्ती,कांग्रेस नेत्रित्वमा २ ओटा जन आन्दोलन,माओबादी जनयुध्द,मधेस आन्दोलन,आदीबासी जनजातीहरुको आन्दोलन लगायत बिभीन्न सँघर्ष हरु बाट प्राप्त उपलब्धी अहिलेको संविधान र अहिलेको ब्यबस्था हो।ब्यबस्था जती बदलिएपनि देश र जनताको जिवनस्तर किन बदलिएन?आखिर ब्यबस्था बदलिएर मात्र देश र जनताको जिवनस्तर नबदलिने रहेछ,देश बदल्न,जनताको जिवनस्तर बदल्न देशको नेत्रित्व गर्नेहरुमा देश बनाउने संकल्प हुनुपर्दो रहेछ,नियत र आचरण सफा हुनुपर्दोरहेछ,सोच महान हुनुपर्दोरहेछ ।अब पनि कसैलाई यो ब्यबस्थाले हुदैन अर्को ब्यबस्था ल्याउनुपर्छ,यो भन्दा पनि अगाडी राष्टपतीय शासन प्रणाली,कम्युनिस्ट शासन सत्ता निर्माण सम्म पुग्नुपर्छ भन्ने छ,अर्काथरीलाई हैन यो ब्यबस्था घाँडो भयो अब फेरी राजतन्त्रमै फर्कनुपर्छ,संघियता खारेज गर्नुपर्छ ,हिन्दुराष्ट मै फर्कनु पर्छ,समाबेशीता पनि हटाएर पुरानै ब्यबस्थामा फर्कनुपर्छ भन्ने लाग्न थालेको छ,यसको मतलब के हो?अझै पनि ब्यबस्था बदल्न नेपालले अर्को दशक समय गुजार्नुपर्ने हो?अनि यो ब्यबस्था बाट अझै अगाडी गएसी या पुरानो ब्यबस्थामा फर्किएसी देश बन्छ र जनताको जिवनस्तर बदलिन्छ भन्ने कुनै ग्यारेन्टी छ?छैन,त्यसैले अब यो वा त्यो ब्यबस्था भनेर नेपालीहरु अलमलिनु हुदैन,अहिले जे ब्यबस्था छ यही ब्यबस्थामा टेकेर ,देश बदल्ने सपना देखौ,अहिलेको ब्यबस्था ल्याउन पनि हजारौले बलिदानी दिएका छन्,बरु यही ब्यबस्थामा टेकेर राज्यका अङ्गहरुलाई मितब्यही बनाउने,भर्ष्टचारी र अपराधीहरुलाई सजाय बढाउने तिर सोचौ,यही ब्यबस्थाभित्र राष्टियता जोगाउने ,ठगी तस्करी ,दलाली रोक्ने बिकल्प हरु खोजौ,यही ब्यबस्था भित्र टेकेर धर्म परिवर्तन गराउनेहरुको खेल रोक्ने सोचौ,यही ब्यबस्थामा टेकेर जातीय सद्भाव र धार्मीक सहिष्णुता कायम राख्ने बारेमा सोचौ,यही ब्यबस्थामा टेकेर गरिब,सुकुम्बासी,मजदुर,किसानहरुको मुक्तीको बाटो खोजौ।जुन देशमा जात र धर्मका नाममा राजनिती भयो ति देशहरु सकिएको ईतियास छ,आज आईपुग्दा मुस्लिम राष्ट पाकिस्तानमा समेत ईमरान खान प्रधानमन्त्री भएपछी धर्मको राजनिती बन्द भएको छ,बिश्वका बिभीन्न देशहरुमा जुन राजनितीक पार्टीहरुले धर्म र जातका नाममा राजनिती गरे ति पाटीहरु पनि सकिएको ईतियास छ,नेपालमै हेर्ने हो भने पनि धर्मको नाममा राजनिती गर्ने राप्रपा र जातका नाममा राजनिती गर्ने पुरानो माओबादी जात र धर्मको राजनितीले सकिएका हुन।त्यसैले अब नेपालले ब्यबस्था परिवर्तनका निम्ती बाकी समय खर्चन सक्दैन,यो ब्यबस्थामा जे पुगेको छैन बिस्तारै थप्दै जाने र जे हटाउनु पर्ने छ ति बिस्तारै हटाउदै जाने नियमन गर्दै जाने हो।अहिलेको ब्यबस्था बदल्ने बारेमा अहिलै सोच्न थालियो भने नेपाल देश फेरी युध्दको चपेटामा पर्छ ,त्यसैले नेता र नेत्रित्व अनि हामी जनताहरुले यो बारेमा सचेत रहन जरुरी छ।जय नेपाल!
हाल जापानवाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार