radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवस

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६


नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस आज बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ । २०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो ।

रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन । दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको गरेर मनाईन्छ ।

बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मदन आश्रित स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभएको छ ।

सामाजिक सञ्जालमाफर्त प्रधानमन्त्री ओलीले श्रद्धा सुमन अपर्ण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सार्थक लोकतन्त्र, समतामूलक समाज निर्माण र समृद्धिको यात्रालाई गन्तव्यमा र्पुयाएर श्रद्धेय जननेताको स्मृतिलाई सार्थक बनाउन आग्रह गर्नुभएको छ । यस्तै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको आज एक वर्ष पूरा भएको छ ।

चुनावी गठबन्धनपछि एमाले र माओवादीले गत वर्ष जेठ तीन गते सबैभन्दा ठूलो पार्टी घोषणा गरेका थिए । पार्टी स्थापना दिवसको अवसर र मदनआश्रित दिवस एकै दिन पारी अहिले बल्खुमा पार्टीले विशेष कार्यक्रम गरेको छ । कार्यक्रमलाई पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार