radio icon

Live Radio

प्रियंकाको ‘ सुनसान रातमा’ सार्वजनिक

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६


काठमाडौँ – प्रियंका र निराजन अभिनित ‘ सुनसान रातमा ‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो “प्रनिम राई” अफिसियल च्यानलमार्फत सार्बजनिक गरिएको हो ।
अरुले भन्दा ‘ ‘ तिम्रो हातमा ‘ जस्ता गीतमा स्वर भरिसकेका  प्रनिम राईले आफ्नो नयाँ गीत ‘ सुनसान रातमा ‘ सार्वजनिक गरेका छन। हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो ब्यस्त  समयसंगै  गीत संगीतlलाई  पनि  निरन्तर अघि बढाइरहेका  छन् ।
सेन्टिमेन्टल पप भर्सनको ‘ सुनसान रातमा ‘ बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने, स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन्।
सो गीतको भिडियोमा प्रियंका कार्की , निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार