radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुँदै

  • radionrn
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६


एजेन्सी– चर्चित भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन  हुने भएको समाचारहरु भारतीय सञ्चार माध्यमहरुमा प्रकाशन भएका छन् ।

भारतीय टीभीको एक शो ‘सास, वहू र सस्पेन्स’ को रिपोर्ट अनुसार कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुन लागेको हो । समाचारका अनुसार कपिलकी श्रीमती गिन्नी शर्मा गर्भवती छिन् । कपिल र गिन्नीको विवाह डिसेम्बरमा भएको थियो । अर्थात ५ महिना अघि कपिलसँग गिन्नीको विवाह भएको थियो ।

कपिलले १२ डिसेम्बर २०१८ मा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग विवाह गरेका थिए । कपिल शर्माले सोनी टिभीमा द कपिल शर्मा शोको दोस्रो सिजनको सानदार शुरुवात गरेका छन् । कपिलको शो लगातार टीआरपी बटुल्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाह पछि कपिल टीभीमा फिर्ता भएका थिए ।

पहिलो शोका क्रममा शो का चर्चित कलाकार डा. गुलाटीसँग विवाद गरेका थिए । रक्सीका कारण भएको भनिएको विवादका कारण कपिलको कार्यक्रममा भूइचालो नै आएको थियो । धेरै जनाले शो छोडेका थिए भने अन्तिममा आएर कार्यक्रम नै बन्द भएको थियो ।

कपिलले सुनिल ग्रोबरमा फर्काउन निकै प्रयास गरेको भएपनि उनी सफल भएका थिएनन् । फ्यानहरले भने कपिल र सुनीलले सँगै काम गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार