radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६


धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशुली नदिमा आज बिहान बस खस्दा ८ जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो ।
दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।

अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो ।  दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार