radio icon

Live Radio

शिव परियारको ‘एक चुम्बन’ को  म्युजिक भिडियो सार्वजनिक

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६


काठमाडौं ।  गायक शिव परियारको नयाँ गीत ‘एक चुम्बन’ को  म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘एक चुम्बन’  बोलको भिडियोलाई  आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

डान्सिङ फ्लेवरको सार्वजनिक गीत ‘एक चुम्बन’ मा गायक परियारकै संगीत र श्वेता मैनालीको शब्द छ । गीतमा बिजेस्वर राज तन्डुकारको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय छ ।

‘एक चुम्बन’ मा इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो अमुक डान्स प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरु माझ अत्यन्त चर्चामा रहेका डान्स प्लसका उप–बिजेता सुजन मार्पा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार