radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

अस्ट्रेलियामा सत्तारुढ गठबन्धनको जित

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६


अस्ट्रेलियामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले चमत्कारिक जित हात पारेको छ । प्रधानमन्त्री स्टक मोरिसन नेतृत्वको कन्जरभेटिभ गठबन्धनले जित हात पारेको हो । मोरिसनले निर्वाचनमा पुनः जित दिलाएकोमा मतदातालाई धन्यवाद दिएका छन् ।
उनले आफूलाई चमत्कारमा विश्वास भएको भन्दै यो अनुमान पहिले नै गरिसकेको बताए ।

उनले आफू नेतृत्वको गठबन्धनले करिब बहुमत ल्याएको बताए । अस्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका नेता बिल सर्टनले आफ्नो पराजय स्वीकार गरिसकेका छन् । उनले पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार