radio icon

Live Radio

दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिता जेठ ८ गतेबाट सुरु हुने

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६


दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिता यहिँ जेठ ८ गतेबाट सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ८ बाट ११ गतेसम्म हुने जानकारी गराएको छ ।

नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा हुने प्रतियोगितामा विभिन्न १० स्कुलका छात्रा टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए । सहभागी १० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा न्यू डायमण्ड ’ए’ र परोपकार आदर्स मा.बिबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार