radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै, धादिङको मासटारबाट प्रधानमन्त्रीले औपचारिक सुरुवात गर्दै

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६


काठमाडौं । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ आजबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।
सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ः०० बजे गर्दै हुनुहुन्छ ।

त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आज नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ ।

यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउनेछ ।
देशैभर विस्तार गर्न लागिएको ९६ कोरको अप्टिकल तारमार्फत उच्च गतिको(ब्रोडब्यान्ड) इन्टरनेट स्थानीयतहसम्म उपलब्ध गराउन सकिन्छ ।
सरकारले अहिले ग्रामीण क्षेत्रमा ५ सय १२ केबीपीएस र सहरी क्षेत्रमा ५ एमबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड इन्टरनेट भनेर परिभाषित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार