radio icon

Live Radio

आजकाे मौसम सामान्यतया सफा रहने : मौसम पूर्वानुमान महाशाखा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६


काठमाडौँ । देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो वा बेलुका तिर पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ । देशभर चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार