radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा बिभिन्न ५ वटा प्रतिवेदन र ८ वटा विधेयक प्रस्तुत

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६


प्रतिनिधिसभामा ५ वटा प्रतिवेदन र ८ वटा विधेयक प्रस्तुत भएका छन् । बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्रीले महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदन २०७५, नेपाल सरकारको आर्थिक वर्ष २०७४र०७५ को सुशासन प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।
यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेको काम र प्राप्त उपलब्धिसहितको ०७४ र ०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

यस्तै, बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष २०७६र०७७ को पूर्वबजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन २०७६ पेश गर्नुभयो । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७५र०७६ पेश गर्नुभयो ।

त्यसैगरी विभिन्न ८ वटा विधेयक पनि बैठकमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गर्नुभयो । यस्तै, गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन र औद्योगिक व्यवसाय विधेयक बैठकमा प्रस्तुत गर्नुभयो ।

बैठकमा वनमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी आठौँ संशोधन विधेयक २०७५ प्रस्तुत गर्नुभएको छ । यसै बिच राष्ट्रिय जनता पार्टी (राजपा)का माग पूरा गर्न सभामुख कृष्णबहादुर महराले सरकारलाई फेरि रुलिङ गर्नु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर आफूहरूका माग पूरा नभए सदनमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएपछि सभामुखले अर्को रुलिङ गर्नु भएको हो । राजपाको तर्फबाट चन्दा चौधरीले तराई(मधेश आन्दोलनका क्रममा भएको दमन सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नु भएको थियो ।

राजपाको माग सम्बन्धमा सभामुख महराले सरकारको ध्यानाकर्षण गराउनु भयो । सभामुख महराले सरकारको पर्याप्त ध्यान गएको ठानेको बताउदै कारणसहित सरकारले छिट्टै जवाफ दिने र आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको थियो ।
यसै बिच प्रतिनिधीसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले अहिलेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

उहाले सरकारले माफिया र दलाललाई पोस्ने काम गरेको बताउनु भयो । उखु किसानले भुक्तानी नपाएको उल्लेख गर्दै उहाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नु भयो । त्यस्तै नेकपाका सांसद घनश्याम खतिवडाले खेतिपातिको सिजन सुरु भएकाले मल तथा बिउको व्यवस्था गर्न आग्रह गर्नु भयो । सांसद खतिवडाले किसानको जीवनस्तर उठ्ने गरि कार्यक्रम ल्याउनु पनि सरकारलाई आग्रह गर्नु भयो ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार