radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रतिनिधि सभाको बैठक आजपनि

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६


संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बोलाइएको छ ।

दिउसो एक बजेपछि बस्ने बैठकमा तीन ओटा विधेयक छलफलका लागि पेश गर्ने कार्यक्रम रहेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले “वन विधेयक, २०७५ र “वातावरण संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार