radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सात विधेयकमा संशोधन दर्ता गर्न ७२ घण्टे समयावधि

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६


संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउसो एक बजेपछि बस्ने तय भएको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुने भएको छ ।

त्यसैगरी गृह मन्त्री रामबहादुर थापाले “प्रहरी समायोजन विधेयक, २०७५, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधयेक,माथि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

“औद्योगिक व्यवसाय विधेयक २०७५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले “ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५, अर्थ मन्त्री युवराज खतिवडाले “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव संसदमा प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

बहुचर्चित र विवादित “विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आजकै बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।

आज विचार गरियोस् भनी प्रस्तुत गरिएका विधेकहरुमाथी आजैदेखी ७२ घण्टा भित्रमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने छ । ती प्रस्ताव र विधेकमाथी संसदमा सांसदहरुले सैद्धान्तीक छलफल गरी त्यसमाथी उठेको विषयमा मन्त्रीले जवाफ समेत दिने संसदीय व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार