radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

रंगशाला निर्माणका लागि आर्थिक सहयोग आउने क्रम जारी

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६


चितवन – रामपुरमा निर्माणाधिन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको पश्चिमतर्फको बार भत्काएको विषय चर्चामा नै रहेको बेला रंगशाला निर्माणका लागि आर्थिक सहयोग आउने क्रम जारी छ । फेरी रंगशाला निर्माणका लागि सहयोग गर्ने क्रम शुरु भएको छ ।

फाण्डेशनले निर्माण गर्न लागेको रंगशालाका लागि भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीहरुको तर्फबाट एक लाख एक रुपैया फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरीएको छ । होटलमा नै आयोजित एक कार्यक्रमका बीच होटलका अप्रेसन म्यानेजर दिपेन्द्र पोखरेलले चेक हस्तान्तरण गरे । म्यानेजर पोखरेलले होटलमा काम गर्ने कर्मचारीहरुको दुई दिनको तवलबाट रंगशाला निर्माणमा सहयोग गरिएको बताए । सकारात्मक सन्देश प्रवाहका लागि सानो भएपनि सहयोग गरिएको भन्दैं म्यानेजर पोखरेलले यसमा समाजमा सबै तह र तप्काका व्यक्तिहरुको साथ रहनुपर्ने म्यानेजर पोखरेलले बताए ।

होटलका म्यानेजिङ डाइरेक्टर दिलिप मैनालीले होटलका तर्फबाट धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष र पदाधिकारीहरुलाई चितवन आउँदा वासको निशूल्क प्रवन्ध गरिएको बताए ।कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धर्मुसले रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई दुःखी बनाएको भन्दैं अब दिनमा निर्भिकतापूर्वक काम गर्ने बातावरण तयार गरिदिन आग्रह गरे । रंगशाला निर्माण जनस्तरबाट हुने भएकोले स्थानीय जनतासँग कुनै प्रकारको असमझदारी गर्ने पक्षमा आफुहरु नरहेको र बाटोको मुद्धा महानगरपालिका र विश्वविद्यालयले हल गरिदिनुपर्ने अध्यक्ष कट्टेलले बताए । उनले काम गर्ने वातावरण तयार हुनासाथ फिल्डको काम अघि बढाउनु तयार रहेको विश्वास दिलाए ।

सो कार्यक्रममा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले देशकै गौरवका रुपमा रहेको रंगशालाका निर्माणमा चितवनवासीको साथ रहेको भन्दैं सानातिना घटनाबाट विचलित नहुन धुर्मस सुन्तली फाण्डेशनलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार