radio icon

Live Radio

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम आज आउँदै

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६


प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

चालू आर्थिक वर्षमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी आवमा पनि कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । गत वर्ष प्रदेश सरकारले ‘हरेक खेतमा पानी, हरेक हातमा काम’ नारा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको नीति आयोगका अध्यक्ष डा हरिवंश झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार