radio icon

Live Radio

वैदेशिक रोजगार व्यवसायीको चेतावनी

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६


नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिना भित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको हो ।

संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दबाब दिँदै गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । त्यसै कार्यक्रम अन्तरगत आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका संघका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने स्पष्ट पार्नुभयो ।

यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार