radio icon

Live Radio

नापतौल विभागले आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६


काठमाडौं  – गुणस्तर तथा नापतौल विभागले आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने भएको छ ।  नेपाल आयल निगमको डिपोबाट तोकिएको परिमाणभन्दा थोरै मात्रामा तेल डिलरहरुमा पठाइएको गुनासापछि ट्याङ्कर जाँच गर्न लागिएको विभागले जनाएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले निगमको थानकोट कार्यालयलाई परिपत्र गर्दै निगमको थानकोट डिपोबाट बिक्रि वितरण हुने प्रेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै ट्यांकरहरुको स्ट्याण्डर्ड जाँच गर्न भनेको छ ।  निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद छ । निगमको डिपोबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरुको विद्यमान मापदण्डले आफूहरुलाई अन्याय भएको गुनासो व्यावसायीहरुले गर्दै आएका छन् ।

भारतीय क्यालिब्रेसनले ट्यांकरहरुमा एक सय लिटरसम्म कम इन्धन हुने गरेको व्यवसायीको दावी छ ।
भारतीय क्यालिब्रेसन नेपाली मापदण्डको नहुने भएकाले नेपाली मापदण्डका लागि नेपालमै क्यालिब्रेसन अगाडि बढाइएको बिभागका निर्देशक विश्वबावु पुडासैनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार