radio icon

Live Radio

चीनका राष्ट्रपति सी चिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मस्कोमा भेटवार्ता

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २३, २०७६


चीनका राष्ट्रपति सी चिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ । मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनपिङ बिचग भेटवार्ता भएको हो । भेटमा सीले चीन(रूस सम्बन्ध बलियो बनाउन इतिहास र दुवै पक्षको दृढ रणनीति छनोट भएको बताएका छन् । उनले दुवै पक्षले रणनैतिक आदान(प्रदान र सहयोगलाई सबल पार्ने र आपसी मुख्य हितका मामिलामा समर्थन बढाउने बताएको जनाइएको छ ।

उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले चीनमा तेल र ग्याँस ऊर्जाको आपूर्ति, ठूला भटमासजस्ता कृषि उत्पादनहरूको निर्यात बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले युरोप(एसियाली आर्थिक संघ र बेल्ट एन रोड इनिसिएटिभ(बिआरई) बीचको सहयोगलाई तीव्र बनाउने समेत बताए । दुई नेताले नयाँ युगमा चीन र रूसबीच चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध विकास गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार