radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

काँग्रेस जागरण अभियानः रुष्ट कार्यकर्ता, चलायमान पार्टी

  • radionrn
  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६


दिनेश न्यौपाने, काठमाडौँ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको एक महिने ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरण आज समापन भएको छ ।

गत वैशाख २५ गतेदेखि शुरु भएको अभियानको पहिलो चरणमा जिल्लास्तरबाट केन्द्रीय नेताहरुको मत एक बनाउन दिएको सुझाव समेत संकलन गरिएको काँग्रेसले जनाएको छ । काँग्रेसले सुझाव संकलनका लागि भन्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । ति प्रतिनिधिहरुले स्थानीय भेलादेखि सहिदका परिवारसँगको भेटघाटबाट सुझावहरु लिए । तर काँग्रेसको स्थानीय तहका कार्यकर्ता र शुभेच्छुकमा जागरण ल्याउने उद्देश्यले सुरु भएको जागरण अभियान आशा गरेअनुसार प्रभावकारी नभएको गुनासो आएको छ ।

काँग्रेस कार्यकर्ताले भने स्थानीय गाउँ वा नगरमा संघीय संरचना अनुरुपको पार्टीको संगठनात्मक संरचना नहुदा जिम्मेवारीका बिषयमा अन्यौलता रहेको गुनासो गरेको छन् । काँग्रेस अछामका पुर्व सचिव तथा प्रदेशसभा सदस्याका उम्मेद्धार टेक साउँद स्थानिय स्तरमा डटेर काम गरिरहेका र आफ्नै श्रोत साधानले काठमाडौँ जान नसक्ने स्थानिय नेता, कार्यकर्ताको मुल्याङ्कन अभियानले गर्न नसकेको गुनाँसो गर्नुभयो ।

कुनै पनि कुराको सुरुवात गर्दा सबै राम्रो र सबै नराम्रो मात्रै हुन्छ भन्ने हुदैन । काँग्रेसको जागरण अभियानको पहिलो चरण पनि त्यस्तै भएको छ । यसमा उपलब्धि बिहिन पनि भन्न सकिदैन भने अभियानबाट धेरै ठुलो परिवर्तन आउला भन्ने आशा पनि देखिदैन् । तर के भने यो अभियानले काँग्रेसलाई चलायमान चाहीँ पक्कै बनाएको छ । केन्द्रीय प्रतिनिधि भएर धादिङ खटिएका केन्द्रीय सदस्य प्रदीप पौडेल स्थानीय तहका संगठनात्मक संरचनालाई खाली गरेर कार्यकर्तामा जागरण नआउने बताउनुहुन्छ । उहाले अन्य बाँकी २ चरणको जागरअभियानमा जादा मातहतका संरचनालाई पुर्णता दिने, र नियमित अधिवेसन गरे अगाडि बढे उपलब्धी प्राप्त हुने बताउनु भयो ।

पार्टीको केन्द्रियस्तरले गरेका गतिविधीका बारेमा स्थानिय नेता कार्यकर्तामा स्तरमा सर्कुलर नहुनु, केन्द्रको पहुँच स्थानिय तहमा कायम हुन नसकेको बिषयमा जागर अभियानले परिवर्तन ल्याउनेगरि त्यस्तो किसिमको फरक पार्न नसकेको अधिकाँसको गुनासो छ । कार्यकर्ताले जागरण अभियानको क्रममा कार्यकर्ता र शुभेच्छुकलाई भन्दा पार्टीका केन्द्रीय नेतालाई नै जागरण अभियान खाँचो परेको सुझाव दिने गरेको नेताहरु बताउछन् । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालेजागर अभियानको पहिलो चरणले समग्रमा पार्टी पंक्तिमा राष्ट्र व्यापिरुपमा उर्जा थपेको दावी गर्नुभयो । उहाले पहिलो चरणको अभियानले काँग्रेसको गाडि चलेको बताउदै अभियान दोस्रो चरणसम्म आईपुग्दा सडकमा आइपुग्ने बताउनु भयो । प्रवक्ता शर्माले अभियानको तेस्रो चरणले गन्तव्यको गती लिने दावी गर्नुभयो ।

कांग्रेसले दोस्रो चरणको जागरण अभियान २४ भदौदेखि र तेस्रो चरणको जागरण अभियान १० पुसदेखि गर्ने जनाएको छ । शेर बहादुर देउवा पार्टी सभापति भएको तीन वर्ष बितिसकेकाले आगामी फागुन मसान्तभित्रै महाधिवेशन गर्न संस्थापनइत्तरका नेताले दबाब दिइरहेका छन् ।नेता कार्यकर्ताले पनि १४ औँ महाधिवेशनको प्रारम्भ नगरी कार्यकर्तामा जागरण नआउने गुनासो सहितका तर्क गर्दै आएका छन् । कार्यकर्ताले विगत जस्तो नेताहरुको मात्र भाषण नसुनाई कार्यकर्ताको समेत सुझाव लिन उपयुक्त हुने संकेत देखाएका छन् । त्यसैले काँग्रेसले पार्टीमा जागरण ल्याउन कार्यकर्ताको गुनासो सम्बोधन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार