radio icon

Live Radio

सरसफाईको लागी निःशुल्क डस्विन वितरण

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६


विर बहादुर राना
काठमाण्डौ उपत्यकालाई लक्षीत गरि भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती को सयुंक्त आयोजनामा सर–सफाइ अभियान सुरु गरेको छ । सुर्ति, चुरोट, चाउ चाउ, बिस्कुट लगायतका प्लास्टीकहरु हिठ्ने बाटो रोडमा जथाभावि फाल्नेहरुको लागी भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती को सयुंक्त आयोजनामा डस्विन वितरण गरिएको हो ।

बिशेष त काठ्मान्डौ उपत्यका रिङरोडलाई लक्षीत गरि संचालन गरिएको यो डस्विन वितरण कार्यक्रम वातावरण सफा स्वच्छ राख्नको लागी प्लास्टीक आदि इत्यादि नकुईने बस्तुहरु डस्विन मा हालेर ब्यवस्थापन गर्ने उदेश्यले यस कार्यक्रम संचालन गरिएको हो । जथाभावी फोहर नफालौ सभ्य बनौ भने मुल नाराका साथ उक्त कार्यक्रममा रिङरोड एरियामा पर्ने कलंकीका स्थानीय बासिन्दा, प्रहरी, रोट्रयाक्स क्लब अफ रुद्रमतीका यूवाहरुको सहभागिता थियो ।

काठमाण्डौ उपत्यका फोहर रहित बनाउने उदश्यले निस्वार्थ भावनाले ५ सय डस्विन वितरण गर्ने र आज पहिलो दिन कलंकीबाट सुरु गरेको श्रीराम टोबाको र करेन्ट पान मसालाका बाग्मती अञ्चलका जेनेरल सेल्स म्यानेजर अनुपभद्र खनालले बताउनु भयो । उनले अब आउने दिनमा पनि यस काठमाण्डौ उपत्याकालाइ यस्तै सर–सफाई कार्यक्रमका योजनाहरु अगाडी बढाउने लक्ष्य लिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार