radio icon

Live Radio

राज संस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र आवश्यक रहेको राप्रपाको जोड

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
मिडिया नेपालले आज बाग्लुङमा गरेको पत्रकार भेटघाटमा उनले सबै पक्ष अडाउन सक्ने सर्वपक्षीय गोलमेच सम्मेलन गर्नु पर्नेमा पुनः जोड दिनु भएको हो ।

अध्यक्ष थापाले विगतमा आफु गृहमन्त्री हुँदा तत्कालिन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको जिकिर गर्नुभयोे । उहाले मिडिया काउन्सिल विधयेक पूर्ण प्रेस स्वतन्त्रताको भावना र मर्म विपरित रहेकाले तत्काल संशोधन गर्न माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार