radio icon

Live Radio

प्रधानमन्त्री ओली र बेलायती राजकुमारबीच भेटघाट तय

  • radionrn
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६


बेलायतको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी ओली र बेलायती राजकुमार ह्यारीबीच भेटघाट तय भएको छ ।  प्रिन्स ह्यारीसँग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेट तय भएको लन्डनस्थित दूतावास स्रोतले जनाएको हो ।

करिब दुई वर्षअघि नेपाल भ्रमणसमेत गरेका ब्रिटिस राजकुमार ह्यारीले नेपाल अत्यन्तै आर्कषक मुलुक भएको बताउँदै आएका छन् । अफगानिस्तानमा गोर्खा सैनिकहरुसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गर्ने गरेका छन् ।

भूकम्प गएको झण्डै एक वर्षपछि नेपाल आएका ह्यारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउँमा गाउँलेहरु सँगै ढुंगा माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए । प्रधानमन्त्री ओली र बेलायती समकक्षी टेरेजा मेबीच ११ तारिखकै दिन दिउँसो भेटवार्ता छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार