radio icon

Live Radio

प्रधानमन्त्री ओली भूमिगत रेलबाट फ्रान्स जाने

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६


नेपालमा छिट्टै रेल यातायात सुरु गराउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली भोली रेलमार्ग हुँदै लन्डनबाट फ्रान्सको प्यारिसका लागि प्रस्थान गर्नु हुने भएको छ ।

ओली फ्रान्स र बेलायतबीच समुद्रमुनि अवस्थित युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स जानुहुने भएको हो ।

प्रधानमन्त्री ओलीको बिहीवार फ्रान्सका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले शनिवार युरोपस्थित नेपाली राजदूतहरूलाई सम्बोधन गर्ने र सोही दिन नेपालका लागि प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ ।

आवश्यक तयारीबिना युरोपको भ्रमणमा निस्केको भनी सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पछिल्लो विदेश भ्रमणको आलोचना गरिएको छ ।

झन्डै १५ महिनाअघि प्रधानमन्त्रीको रूपमा दोस्रो पटक सत्ता सम्हालेयता ओलीको यो नवौँ विदेश भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार