radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सरकार परिवर्तन बारे प्रधानमन्त्रीले दिए बेलायतबाट नयाँ जवाफ

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६


युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने स्पष्ट पार्नु भएको छ ।

बेलायतको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब एकिकृत दलले नै निर्णय गरेअनुसार हुने बताउनु भयो ।

दुई दलका शीर्ष नेताबीच भएको सहमति अनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो । उहाँले आर्थिक विकास गरी जनताको जीवनमा परिवर्तन नल्याएसम्म राजनीतिक परिवर्तन दीर्घकालीन हुन नसक्नेमा पनि जोड दिनुभयो ।

यसअघि हिजो नै ओलीले स्विट्जरल्यान्डको जिनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले आज बेलायतकी कमचलाउन प्रधानमन्त्री टरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँहरुबीच दुई देशका प्रधानमन्त्रीको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी व्यापार, लगानी तथा बहुपक्षीय चासोका विषयहरूबारे छलफल हुने लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरुणले जानकारी दिनुभयो ।

बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूका गुनासारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार