radio icon

Live Radio

लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गर्न दिएको निर्देशन विरुद्ध प्रदर्शन

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६


स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले थालेको प्रक्रिया रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोध गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ ।

लोकसेवा अध्ययनरत विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । लोकसेवा आयोग तयारी संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले समितिको निर्णयविरुद्ध नाराबाजी गरे ।

उनीहरुले आफूहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिए । करारमा कर्मचारी नियुक्त गरे लोकसेवा अध्ययनरत विद्यार्थीमाथि अन्याय हुने उनीहरुको भनाइ थियो ।

लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार