radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

स्वर्गद्धारीलाई चलाए सरकार सकिन्छ : गगन थापा

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६


नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले गुठीहरुको सम्पत्ति कब्जा गर्ने नियतले गुठी सम्वन्धी ऐन बनाउन लागेको आरोप लगाउनु भएको छ ।

प्युठानमा भएको पार्टीको कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दै नेता थापाले स्वर्गद्धारीलाई चलाउन खोजेमा सरकार सकिने चेतावनी दिनुभयो । बालुवाटारको सार्वजनिक आफ्नो नाममा बनाउने नेतालाई कारबाही नगरेको सरकारले सांस्कृतिक धरोहरहरुको सम्पत्ति तर्फ आँखा लगाएको टिप्पणी गर्नुभयो ।

सरकार जताततै कब्जाको सोँचमा रहेकाले सरकारका हरेक गलत क्रियाकलापको विरुद्धमा खवरदारी गर्न पनि उहाँले सवैलाई आह्वान गर्नुभयो ।

ऐतिहासिक पुरातात्वीक क्षेत्र, संचार क्षेत्र, मानवअधिकार, सेनालगायतका धेरै क्षेत्रमा नियन्त्रण गर्ने नियतले सरकारले गलत कानुनहरु बनाउन लागि परेको नेता थापाको भनाई छ । गुठी सम्वन्धी नयाँ विधेयक पारित भएमा स्वर्गद्धारी जस्ता हजारौ संस्कृति सम्पदाह तहसनहस हुने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार