radio icon

Live Radio

समाजवादी पार्टी आज निर्वाचन आयोगमा जाने

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६


समाजवादी पार्टी, नेपालले आज निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिने भएको छ ।

पार्टी दर्ताका लागि दिउसो एक बजे निर्वाचन आयोगमा पुग्ने कार्यक्रम रहेको पार्टीका नेता विश्वदिप पाण्डेले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री सहित सरकारमा रहेको संघीय समाजवादी फोरम नेपाल र प्रतिनिधि सभामा एक सिट मात्र भएको नयाँ शक्ति पार्टीबीच गत बैशाख २३ गते एकीकरण घोषणा भएको थियो ।

तत्कालिन दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई नवगठित पार्टीको पनि अध्यक्ष नै हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार