radio icon

Live Radio

‘समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता, सरकार छाड्ने चेतावनी

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६


काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भइ बनेको ‘समाजवादी पार्टी नेपाल’ले निर्वाचन आयोगमा दर्ता भएको छ ।  दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतका नेताहरु आयोग पुगेका थिए ।

एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने नेता प्रकाश अधिकारीले जानकारी दिनुभयो । २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ । केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका छन् ।

यसैबीच आयोगमा दल दर्ताको निवेदन दिएपछि अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनलगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताउनुभयो ।  केही समय पार्टीले पर्खिने र माग पू्रा नभए सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने भट्टराईको चेतावनी थियो ।
उहाँले समाजवादी पार्टी नेपाल देशको तेस्रो शक्ति भइसकेको भन्दै आगामी दिनमा पार्टीलाई थप सशक्त ढंगले अघि बढाइने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार