radio icon

Live Radio

बिभिन्न ठाउमा भएका सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६


काठमाडौं – मुलुकका बिभिन्न ठाउमा भएका सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टा यता कञ्चनपुर र रामेछापमा सवारीसाधन दुर्घटनामा परेका हुन् । कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगर जाँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा र गड्डाचौकीतर्फ आउदै गरेको से १ क ७३३ नम्बरको जेसिबी भीमदत्त नगरपालिका–६ बनगाँउमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । भने ५ जना घाइते छन् ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–२ का कृष्ण बोहरा, कास्कीको पोखरा पृथ्वीचोककी विना रिजाल र भारतीय नागिरक तिल प्रसाद रहेका छन् । घाइते ५ जना मध्ये ४ जनालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले जानकारी दिनु भयो । यता रामेछापमा स्वास्थ्यकर्मी चढेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गर्नु भएको हो ।

उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । डीएसपी भट्टराईका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार