radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

दुई वटा ट्यांकरमा आक्रमण

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६


काठमाडौं – ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । बिहीबार गन्तव्यतर्फ जाँदै गरेको अवस्थाममा दुई ट्यांकरमा विस्फोटक हमला भएको हो ।

आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ‘गल्फ अफ ओमान’ मा तेलका दुई ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाए । तर इरानका एक उच्च अधिकारीले घटनामा आफूहरुको संलग्नता र सम्बन्धसमेत नरहेको दाबी गरेको बीबीसीले जनाएको छ ।
विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो । यसअघि युएईका चार वटा ट्यांकरमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार