radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

म्याग्दी: जागीर छाडेर ब्यवसायिक ट्राउट माछापालन

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६


राकेश शर्मा, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा युवाहरुले व्यवसायिक रुपमा रेन्बो ट्राउट जातको माछापालन गरेका छन् ।

भुरुङ तातोपानीका सुजन राम्जाली र इन्द्र थाापाले ब्यवसायिक माछापालन गरेका हुन् । पढ्दै पोखरामा डिलरको जागिर गरेर बसेका राम्जालीले कामको शिलशिलामा माछापालन हुने क्षेत्रमा पुग्दा त्यहाँको रहरलाग्दो माछापालनबाट आकर्षित हुनुभयो ।

जागीर छाडेर गाउँ फर्किएपछि खोला किनारको बाझो पाखोबारी र बगेर खेर गइरहेको पानीलाई सदुपयोग गरेर माछापालन गरेको राम्जालीले बताउनुभयो । माछापालनका लागि उनिहरुले पन्ध्र लाख रुपैयाँ लगानी गरेर फार्म खोलेको राम्जालीले बताउनुभयो ।

बगिरहने चिसो पानीमा पालिने स्वादीलो रेन्बो ट्राउट माछा स्वास्थ्यका लागि लाभकर मानिन्छ । दुई वटा पोखरीमा माछा बिक्रीका लागि तयार छन् । थप छ वटा पोखरीमा दुई हजार पाँच सय भुरा छन् ।

प्रतिकिलो एक हजार तीन सय रुपैयाँको दरले पोखरीबाटै माछा बिक्री हुने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेवगर र भुरुङ तातोपानीका होटलमा ग्राहकको मागअनुसार ताजा माछाको बिक्री गर्दैै आएका छन् ।

माछा विक्रिबाट भएको आम्दानी भौतिक संरचना ब्यवस्थापनमा खर्च गरेर जिल्लाकै नमुना माछापालन बनाएर घुम्ने र अनुसन्धान गर्ने स्थल बनाउने लक्ष्य बनाएका छन् । विभिन्न तालिम तथा सहुलियतको कृषि ऋण पाउन सके ब्यवसाय अघि बढाउन सजिलो हुने उनिहरुको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार