radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

जेसिबी र अटोरिक्सा एकापसमा ठोक्किदा मृत्यु हुनेको संख्या ४ पुग्यो

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६


हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सामा सवार चार जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ८ बनगाउँमा शुक्रबार बिहान गड्डाचौकी तर्फ सवार से १ त ७३३ नम्बरको जेसिबीको ठक्करबाट मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार ३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि भारत लैजादैँ गर्दा मृत्यु भएको हो ।

बैतडीको देहीमाण्डौंका २८ वर्षीय किसन बोहरा, कास्कीको पोखराकी ३५ वर्षीया बीना रिजाल र भारतको उत्तरप्रदेश सहरानपुर दुर्गापुरी कलौनी निवासी ५८ वर्षीय तिल प्रसादको घटना स्थलमै मृत्यु भएको थियो भने अटोरिक्सा चालक कञ्चनपुरको गड्डाचौकीका प्रेम थापाको थप उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डिएसपी ज्ञान बहादुर बिष्टले बताउनु भयो ।

घाइते हुनेहरु मध्ये कञ्चनपुरको बेल्डाँडीका २६ वर्षीय सन्तोष लुहार, मृतक बोहराकी २६ वर्षीया श्रीमती लक्ष्मी बोहरा र ३ वर्षीय छोरा विशान्त बोहरालाई कैलालीको धनगढी रिफर गरिएको छ ।

त्यस्तै साइकल चालक जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । जेसिबी चालक बुद्ध बहादुर साउँद फरार रहेकोले खोजिकार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार