radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

चौलागाईँको सहयोगमा कालिञ्चोक फाउण्डेशनले बाड्यो शैक्षिक सामग्री

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६


युबराज श्रेष्ठ, रामेछाप । कालिन्चोक फाउण्डेशन नेपालले रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ र १२ मा रहेको विद्यालयहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । शैक्षिक सुधारमा टेवा पुर्‍याउने उद्देश्यले विद्यार्थी र शिक्षकलाई पोशाक, झोला तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।

जिल्लाभरी नै शैक्षिक सामग्री वितरण अभियान सञ्चालन गरिरहेको फाउण्डेशनले बुधबार श्रीमाबि सिक्राल, बिहीबार पशुपति आधारभूत विद्यालय भुल भुले र शुक्रबार शारदा माबि गेलुका बिद्यार्थीहरुलाई शैक्षिक  सामग्री बितरण गरिएकाे हाे ।

शैक्षिक समाग्री बितरण कार्यक्रममा मन्थली नगरपालीकाका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारी, नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापती रामचन्द्र खड्का, काग्रेसका महासमिति सदस्य कृष्ण महत, कांग्रेस नेता युवराज भट्टराई, जित बहादुर मगर, मुक्त महता लगायतको सहभागी रहेको थियो ।

“मानव सेवा हाम्रो कर्तव्य” भन्ने नाराका साथ शैक्षिक सामग्री वितरण अभियान सञ्चालन गरिरहेको कालिन्चोक फाउन्डेसन नेपालले विद्यार्थीलाई ट्रयाकसुट, झोला र कपी प्रदान गरेको छ । त्यसैगरी शिक्षकलाई झोला र ट्रयाकसुट प्रदान गरेको हो ।

विद्यार्थी तथा शिक्षकलाई प्रदान गरिएको ट्रयाकसुट नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईँ र अन्य संघ संस्था तथा व्यक्तिकाे सौजन्यमा सामग्री बाँडिएकाे फाउण्डेशनका अध्यक्ष दिनेश खड्काले जानकारी दिए । शैक्षिक सामग्री पनि विभिन्न संघसंस्था तथा ब्यक्तिहरुको सहयोगबाट जुटाइएको खड्काले बताए ।

त्यसैगरी फाउण्डेशनले बुधबार श्री सिग्राल आधारभूत विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक प्रदान गरेको हाे । मन्थली नगरपालिका–११ र १२ मा रहेका १२ वटा विद्यालयका १ हजार ३ सय ६७ जना विद्यार्थीलाई पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गर्ने साथै शिक्षकहरुलाई झोला र पोशाक प्रदान गरेको छ । शारदा माबि गेलुलाई भने २० थान सि.सि टिभि  क्यामेरा बितरण समेत बितरण गरेको फाउण्डेशनका अध्यक्ष खड्काले जानकारी दिए ।

नेता चौलागाईँले अहिलेसम्म रामेछापका ६३ वटा बिद्यालयहरुमा बिभिन्न संघ संस्था मार्फत शैक्षिक सामाग्री बितरण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार