radio icon

Live Radio

ब्राउनसुगरसहित मेडिकल संचालक पक्राउ, नेपाल ल्याउँदै गरेका दूई नेपाली नियन्त्रणमा

  • radionrn
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६


भिष्म लोध, बाँके । बाँकेको सीमा क्षेत्र जमुनाहा नाकाबाट २३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ गरेका छन् । भारतीय बजार रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका बर्दियाको गेरुवा गाउँपालिका–२ का २६ वर्षीय स्वरुप खत्री ब्राउन सुगरसहित पक्राउ परेका हुन ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले शुक्रबार साँझ खत्रीलाई २३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ । रुपैडिहाबाट ब्राउन सुगर लिएर आउदै गर्दा चेकजाँचको क्रममा जमुनाहामा खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज बस्ने गौरव नाम गरेका व्यक्तिलाई ब्राउनसुगरसहित भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो । त्यस्तै गौरवको बयानका आधारमा रुपैडिहा बजारको चकियारोड चोकस्थित रियाज मेडिकल स्टोरबाट ६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

मेडिकलबाट आफुले किनेर ल्याएको भन्ने गौरवको भनाई अनुसार प्रहरीले तत्काल मेडिकलमा छापा मारेर मालिक रियाज अहमदलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । मेडिकलबाट पक्राउ गरिएको ब्राउनसुगर करिब ६५ लाख भारतीय रुपैयाको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय कारागार पठाईएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रियाजले काठमाण्डौंसम्म ब्राउनसुगरको तस्करी गर्दै आएको थियो ।

रियाज यसअघि नेपालमा लागुऔषध तस्करी मुद्दामा ढाई वर्ष जेल सजाय भोगिसकेका छन् । पछिल्लो समय भारतीय बजारका मेडिकलहरुमा प्रहरीले निगारानी बढाएको छ । निगरानीसंगै भारतीय मेडिकलबाट दैनिक रुपमा ब्राउन सुगर, कोकिन, स्मैक जस्ता लागुऔषध पक्राउ परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार