radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

हङकङमा एक विधेयकको विरोधमा दशौँ लाख मानिसको प्रदर्शन

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार २, २०७६


हङकङमा पछिल्लो केही दिनदेखि अभियुक्तको सुपुर्दगी सम्बन्धी विवादास्पद विधेयकको विरोधमा प्रदर्शन जारी छ । आइतबार भएको आम विरोध प्रदर्शनमा झण्डै २० लाख मानिस सहभागी भएको आयोजकले दाबी गरेका छन् ।

यो संख्या पुष्टि भएमा हङकङको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ । प्रहरीले भने प्रदर्शनकारीको संख्या तीन लाख ३८ हजारको हाराहारीमा रहेको दाबी गरेको छ । प्रस्तावित विधेयक निलम्बित गरिएको भए पनि प्रदर्शन रोकिएको छैन ।

विधेयकमा अभियुक्तलाई हङकङबाट चीन सुपुर्दगी गर्ने व्यवस्था छ । प्रस्तावित विधेयक विरुद्ध प्रदर्शन भएपछि शनिबार विधेयक निलम्बित गरेको थियो हङकङ सरकारले । हङकङकी नेता कारी लामले आइतबार विधेयक प्रस्ताव गरेकामा माफी मागेकी छन् ।

प्रस्तावित विधेयकले हङकङमा चीनको प्रभाव बढ्ने बताइरहेका प्रदर्शनकारीले लामले राजीनामा दिनु पर्ने माग गरिरहेका छन् । यस्तै विधेयक निलम्बित मात्रै होइन नष्ट नै गरिनु पर्ने प्रदर्शनकारीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार