radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

५ नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार २, २०७६


रुपन्देही – प्रदेश पाँचका योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठले राजीनामा दिनुभएको छ । प्रदेश योजना आयोगका अध्यक्षसमेत रहनु भएका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष उपाध्यक्ष श्रेष्ठले राजीनामा दिनुभएको हो ।

२०७४ चैत्र ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले डाक्टर श्रेष्ठलाई प्रादेशिक योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशकबाट काज मिलाएर आउनु भएका श्रेष्ठको कार्यकारी निर्देशकमा बढुवा भएपछि पुन: उहाँ राष्ट्र बैङकमा नै फर्कनु भएको छ ।

१५ महिना प्रादेशिक योजना आयोगको जिम्मेवारीमा रहँदा डाक्टर श्रेष्ठले प्रदेशको स्थिति पत्र र प्रादेशिक आवधिक योजना बनाउने कार्यको नेतृत्व गर्नुभएको हो । जेठ १४ गते नै उहाँले राजीनामा दिए पनि बजेट सार्वजनिक भएपछि मात्रै राजीनामाको विषय बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार