radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

लोक सेवा बिज्ञापनः सुनुवाई सर्यो, दरखास्त दिने म्याद एक हप्ता थप

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६


लोक सेवा आयोगको बिज्ञापन बिरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई सरेको छ ।  आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खोलेको बिज्ञापन बिरुद्धको रिटको सुनुवाई स्थगित भएपछि अर्को सुनुवाइ कहिले हुने भन्ने विषय खुलाइएको छैन ।

सुनुवाइको मिति तोकिए पनि अन्य रिट समेत परेका कारण सुनुवाइ सारिएको जनाइएको छ । न्यायाधीशद्वय डम्बरबहाहदुर शाही र दीपककुमार कार्कीको इजालसले सबै रिट निवेदन एकसाथ हेर्ने भन्दै सुनुवाइ सार्ने आदेश जारी गरेको सर्वोच्चले जनाएको छ ।

आयोगले स्थानीय तहमा नौ हजार १६१ पदका लागि खुलाएको विज्ञापन समानुपातिक, समावेशीको सिद्धान्त र संविधानविपरीत रहेको दाबीसहित सर्वोच्चमा मुद्दा परेको थियो । अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार हिजो मात्रै स्थानीय तहका १२१ करार कर्मचारीले विज्ञापनको विरुद्धमा रिट दायर गरेका थिए ।
लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थपेको छ ।
आयोगले गएको जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनको दरखास्त दिने आज अन्तिम म्याद थियो । अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुको संख्या अत्यधिक भएकाले सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएको गुनासो आएकोले असार १० गतेसम्म म्याद थप गरिएको प्रवक्ता देवी प्रसाद सुुवेदीले जानकारी दिनुभयो । निर्णय अनुुसार असार १७ गतेसम्म दोब्ब दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको पनि प्रवक्ता सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार