radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

अछामबाट चारजना भारतीय प्रहरी पक्राउ

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६


हतियारसहित नेपाल छिरेका चारजना भारतीय प्रहरी अछाममा पक्राउ परेका छन्। अछामको बान्नीगडी नगरपालिका–४ बाट उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई अछाम प्रहरीले डोटी प्रहरीलाई जिम्मा लगाएको उहाँले बताउनुभयो । एक भारतीय किशोरीलाई भगाएर ल्याएका नेपाली युवकलाई पक्राउ गर्न भारतीय प्रहरीको टोली हतियारसहित नेपाल छिरेको बुझिएको छ ।

यसअघि पनि डोटीमा भारतबाट रकम चोरी गरेका युवकलाई पक्रन भन्दै हतियारसहित आएको भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार