radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

गायक रामचन्द्र चन्द र समीक्षा बि सीको “तीन फुर्के डोरि” नेपाली बजारमा

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६


काठमाडौं – चर्चित लोक तथा दोहोरि गायक रामचन्द्र चन्द र गायिका समीक्षा बि सीको स्बरमा रहेको लोक दोहोरि गीत तीन फुर्के डोरि बजारमा आएको छ । चर्चित संकलक हुम गैरेको लय तथा शब्द संकलन रहेको गितको म्युजिक भिडियोको निर्देशन शंकर बि सी ले गरेका छन भने राजेश घिमिरेले खिचेका हुन् ।

शैली क्रियशन युटुब च्यानल मार्फत सार्वजनिक भयको भिडियोमा नायिका अनु शाह र शंकर बि सीको दमदार नृत्य रहेको छ । मायाँ साह्रै छ,चरि रुखमा,अब देखि एक्लै हुम्ला म,फुल फुल्यो केसरि जस्ता चर्चित गितका गायक रामचन्द्रको यो गितले पनि नेपाली संगित बजारमा सबैको मन जित्ने आशा गरिएको छ ।

मायाँ प्रेममा आधारित सरल शब्द अनि मौलिक लयमा रहेको यो गितले पछिल्लो नेपालि लोक संगित बजारको ट्रेनलाई पच्छ्याएको छ, त्यसैले यो गितले पनि सबैको मन जित्ने गित सर्जक हुम गैरे दाबि  गरेका  छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार